८ जेठ, पाल्पा – कालिगण्डकी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला परेको छ।
पाल्पा जिल्लाको रामपुर नगरपालिका १० सिकोडाँडाका ८ वर्षिय समीर चापागाई र १० वर्षीय सुनिल भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जेठ ४ गते दिउँसो पौडी खेल्ने क्रममा रामपुर नगरपालिका १० मलौटेघाटबाट बालकहरु कालिगण्डकीमा बेपत्ता भएका थिए । ४ दिनपछि उनीहरूको शव फेला परेको हो।
प्रतिक्रिया दिनुहोस्