Logo

निर्वाचनदेखी किन आत्तियो कांग्रेस ?, कांग्रेसलाई निर्वाचन फलामको चिउरा जस्तै



Spread the love

२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपश्चात हरेक निर्वाचनलाई सहजताका साथ सामना गर्दै आएको नेपाली कांग्रेसले नयाँ संरचनाअनुसार पहिलोपटक हुन लागेको निर्वाचन २०७४ लाई भने ठूलो संकट र चुनौतीका रुपमा लिएको छ ।

प्रमुख वामघटक एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने लक्ष्यका साथ चुनावमा तालमेल गरेपछि कांग्रेसले अहिलेसम्मकै ठूलो संकट महसुस गरेको हो ।

तराइमा मधेसवादी दल र पहाडमा एमाले-माओवादीको चुपुवामा परेको कांग्रेसले खास गरी वाम गठबन्धनको विरोध गर्दै केन्द्रदेखि गाउँ तहसम्म चुनाव प्रचार प्रसारलाई आक्रामक ढंगले अगाडि बढाइरहेको छ ।

यसअघिका निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भए पनि अहिले तराई क्षेत्रबाहेक अन्यमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिस्पर्धामा वाम गठबन्धन बलियो भएकाले कांग्रेसलाई यो निर्वाचन जित्नु फलामको चिउरा चपाउनुजस्तै भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्