Logo

कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु भएको छैन : अस्पताल (विज्ञप्ति सहित)



Spread the love

७ जेठ, रुपन्देही । रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत कोरोना संक्रमितको ज्यान गएको हल्ला मात्रै भएको अस्पताल प्रशासनले बताएको छ ।

भेन्टिलेटरमा उपचार भइरहेका गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ वर्षका पुरुषको बुधवार बिहान मृत्यु भएको केही मिडियाले लेखेका थिए । तर, मृत्यु भएको आधिकारिक घोषणा कतैबाट भएको थिएन ।

अस्पतालले निकालेको विज्ञप्ति

बुधवार दिउँसो १२ बजे अस्पतालले बिरामीको मृत्यु भएको हल्ला मात्रै भएको विज्ञप्ति निकालेको छ । बिरामीको अवस्था भने गम्भीर रहेको र भेण्टिलेटरबाट उपचार भइरहेको अस्पतालको भनाइ रहेको छ ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्