Logo

कन्ट्याक्ट ट्रेसिङमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



Spread the love

६ जेठ, ललितपुर – ललितपुरका कन्ट्याक्ट ट्रेसिङमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । ललितपुरमा मंगलबार पुष्टि भएका कोरोना संक्रमित कन्ट्याक्ट ट्रेसिङमा खटिएका स्वास्थ्यकर्मी भएको पुष्टि भएको हो ।

स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले दिएको जानकारी अनुसार उनी पाँच दिनअघि कपिलवस्तु र रुपन्देहीमा संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएका थिए ।

कन्ट्याक्ट ट्रेसिङको काम सकाएर फर्किएपछि उनी होम क्वारेन्टाइनमा बसेको बताइएको छ ।

आज उपत्यकामा काठमाडाैँका ३ तथा भक्तपुर र ललितपुरका एक-एक जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्