६ जेठ, गुल्मी – छिमेकी स्थानीय तह मदाने गाँउपालिकामा कोरोना संक्रमित भेटिएसँगै मालिका गाँउपालिकाले लकडाउनमा कडाई गरेको छ ।
बिना काम गाउँपालिकाको अनुमति बिना एक स्थानिय तहबाट अर्को स्थानिय तहमा गएको जानकारि प्राप्त भएपछि वडा नम्बर ४ का १२ जना व्याक्तिलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले जानकारि दिएका छन्।
व्यक्तिहरु बिना काम छिमेकी स्थानिय तह मदाने गाउँपालिका गएको जानकारी प्राप्त भएपछि वडा नम्बर ४ मा रहेको पोस्ट हार्डवेयर जलजला क्वारेन्टाइनमा राखिएको नेपालि कांग्रेस मालिका गाउँपालिका छायाँ सरकार प्रमुख उपेन्द्र अर्यालले बताए ।
मदाने गाँउपालिकामा कोरोना भेटिएपछि मालिका गाँउपालिकालाई सिल गरिएको छ। कुनै पनि अत्यन्त जरुरि काम बिना एक वडाबाट अर्को वडामा जाने व्यक्तिलाई पनि गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिने गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताए ।