Logo

कोरोना संक्रमण भएका युवकको गाउँपालिका अनिश्चितकालका लागि सिल



Spread the love

५ जेठ, गुल्मी । गुल्मीमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९)को पुष्टि भएको छ ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय शिक्षकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको गाउँपालिकाका सूचना अधिकृत ऋिषी पोख्रलले सल्लेरी खबरलाई जानकारी दिए ।

उनलाई कोरोना संक्रमणको पुष्टि भएसँगै मदाने गाउँपालिकालाई अनिश्चितकालीन र गुल्मी जिल्लालाई हाल कायम रहेको सिललाई जेठ ६ गते मध्यरातसम्म कायम राख्ने निर्णय गरिएको छ । कोरोना संक्रमीत व्यक्ति अन्य समस्या देखिएपछि पाँच दिन अघि उपचारको लागि एम्बुलेन्समा बुटवल गएका थिए । अहिले बुटवलस्थित क्रिम्सन अस्पतालमा उनको उपचार भइरहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्