५ जेठ, गुल्मी – लकडाउनका कारण सिंगो मुलुकमा विकास निर्माणका कार्यहरु ठप्प छन् भने देशको अर्थतन्त्रनै धरायसी बनिरहेको छ । निमार्ण क्षेत्रमा काम गर्ने मजदुरहरु अलपत्र परिरहेका छन् तर गुल्मीमा भने सामाजिक दुरी कायम गर्दै विकास निमार्णका कार्यहरु निरन्तर सञ्चालनमा आएका छन् । कोरोना भाइरसका कारण मुलुकमा लक डाउनको घोषणासँगै देश अस्तव्यस्त बनिरहेको छ । देशमा निर्माणाधिन योजनाहरु ठप्प छन् भने ति योजनामा काम गर्ने सयौँ मजदुरहरु चरम समस्यामा परेका छन् ।
लकडाउनका बिच सञ्चालनमा आएका योजनाले गुल्मीको भौतीक विकासमा टेवा पुर्याएको छ भने अर्कोतर्फ मजदुरलाई राहत समेत प्रदान गरेको छ ।
जिल्लाको इस्मा गाँउपालिका र धुर्कोट गाँउपालिकालाई जोड्ने गरि निर्माण थालिएको पक्की पुल अन्तिम चरणमा पुगेको छ । लक्ष्य अनुरुप काम भइरहेको निर्माण व्यसायीहरुले बताएका छन् । भौतिक पुर्वधार तथा यातयात मन्त्रालयबाट विनियोजित बजेटबाट पुल निमार्णको कार्य भइरहेको छ ।
भ्याट सहित पाँच करोड २८ लाख १४ हजार पुलको लागत रहेको छ । सामाजिक दूरि कायम गर्दै काम भइरहेको निर्माण व्यवसायि मधु श्रेष्ठ बताउँछन् । यता लकडाउनको समयमा काम पाउदाँ मजदुरहरु पनि हर्षीत छन् । बाहिरी मानिससँग सम्पर्क नगरी आँफुहरुले काम गरिरहेको उनिहरु बताउँछन् ।
त्यस्तै जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर चारमा पनि लकडाउनकै अवधिमा झोलुगें पुलको निमार्ण कार्य तिव्र गतिमा अगाडी बढाइएको छ । स्थानीय स्रोत साधन तथा मजदुरहरु प्रयोग गरि काम भइरहेको निर्माण व्यवसायी टिका बहादुर क्षेत्री बताउछन् ।
नगरपालिकाको क्षेत्रगत विकासको ३१ लाख रकमबाट काम भैरहेको छ भने यसै आर्थिक वर्षमा पुल सम्पन्न हुने छ । ७२ मिटर लामो निमार्णधिन पुल सम्पन्न भएसँगै रेसुंगा नगरपालिका वडा नम्वर चारका नागरिकहरुले त्यसबाट प्रत्यक्ष फाइदा लिने छन् ।
त्यस्तै यता जिल्लाको इस्मा गाँउपालिका वडा नम्वर ६ मा निर्माणाधिन शहिद लखन थापा अन्तर्राष्ट्रिय फुटबल रगंशालाको कार्यले पनि निरन्तरता पाएको छ ।
राष्ट्रिय युवा तथा खेलकुद मन्त्रालयबाट गत आर्थिक वर्षमा १८ लाख र यो आर्थिक वर्षमा दुई करोड ८० लाख रकममा निर्माण कार्य भइरहेको छ ।
सामाजिक दुरि कायम गरि स्थानीय मजदुरहरुको प्रयोगबाट गरिएको यो कार्य निकै उदाहरणीय छ । एकातीर विकासले गति लिएको छ भने अर्को तर्फ मजदुरले रोजगार पाएका छन् ।