Logo

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको पीसीआर रिपोर्ट पोजेटिभ



Spread the love

३ जेठ, काठमाडाैँ – धुलिखेल अस्पतालको आइशोलेशनमा उपचाररत मृतक महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । अस्पतालमा मृत्यु भएकी २९ वर्षिय सुत्केरी महिलाको कोरोना रिपोर्टमा पोजेटिभ देखिएको हो ।

९ दिनअघि काठमाडौं टिचिङमा सुत्केरी भएर सिन्धुपाल्चोक बाह्रबिसे घर गएकी थिइन् । स्वासप्रश्वासमा समस्या आएपछि उनलाई हिजो धुलिखेल अस्पताल ल्याइएको थियो ।

मृतक महिलाको कोरोना पोजेटिभ आएपछि अस्पताल सिल गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्