Logo

विश्वमा कहाँ के भइरहेको छ ?



Spread the love


एजेन्सी । चीनको बुहानबाट सुरु भइ विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा विश्वका अधिकांश देशहरु बन्दाबन्दीको अवस्थामा रहेका छन् । आउनुहोस् जानौँ विश्वमा कहाँ के भइरहेको छ ।

१.फ्रान्समा मृतकको संख्या तीन गुणा घटेको छ । शुक्रबार फ्रान्समा कोरोनाबाट १०४ जनाको मात्र मृत्यु भएको छ । बिहीबार भने फ्रान्समा मृतकको संख्या ३५१ थियो ।

२. इटालीमा तीन जुनपछि मानिसहरु एक देशबाट अर्को देशमा आउन जान सक्नेछन् । इटालीमा अमेरिका र बेलायतपछि सबैभन्दा धेरैको मृत्यु भएको छ । इटालीमा ३१, ६०० जनाले ज्यान गुमाइसकेका छन् ।

३. चीनमा बितेको २४ घण्टामा ८ नयाँ संक्रमित फेला परेका छन् । चीनमा ४, ६३३ मानिसको मृत्यु भइसकेको छ भने ८२, ९४१ जना संक्रमित भएका छन् ।

४.जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार विश्वभरमा कोरोना भाइरसबाट ४५ लाख ३१ हजार ८११ जना संक्रमित भएका छन् भने ३ लाख ७ हजार १ जनाले ज्यान गुमाएका छन् ।

५. अमेरिकी एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डका अनुसार अमेरिकामा कोरोना भाइरसबाट जुनसम्म एक लाखभन्दा बढीको मृत्यु हुने बताएका छन् ।

६. ब्राजिलमा संक्रमितको संख्या बढिरहेको छ । बितेको २४ घण्टामा ब्राजिलमा १५, ३०५ जना संक्रमित भएका छन् भने ८२४ जनाको ज्यान गएको छ । ब्राजिलमा २ लाख ८१ ह्जार २३३ जना संक्रमित भइसकेका छन् भने १४, ८१७ जनाले ज्यान गुमाइसकेका छन् ।

७. राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सरकार अन्य देशको साथमा मिलेर भ्याक्सिनको विकासमा तीव्र गतिले काम गरिरहेको बताएका छन् ।

८. ब्राजिलका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् । एक महिनाभित्रमा दुईवटा स्वास्थ्यमन्त्रीले राजीनामा दिइसकेका छन् ।

९. विश्व स्वास्थ्य संगठनले यूरोपमा गर्मीको समयमा पुनः एक पटक कोरोना भाइरस खतरनाक हुन सक्ने चेतावनी दिएको छ ।

१०. अमेरिकाले भारतलाई भेन्टिलेटर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भेन्टिलेटर सहयोग गर्ने घोषणा गरेका हुन् ।

११. बेलायतका स्वास्थ्यमन्त्री म्याट हैनककले कोरोना संक्रमणमा कमी आएको बताएका छन् ।

१२. साउदी अरबमा कोरोना भाइरसबाट ४६, ८६९ जना संक्रमित भएका छन् । मक्का, रियाद, जेद्या, मदिना र दम्माम बढी कोरोनाबाट प्रभावित भएका छन् ।

१३. भारतमा कोरोनाबाट ८५, ९४० संक्रमित भइसकेका छन् भने २, ७५२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्