नेकपा माओवादी(केन्द्र) र नेपाली काङ्ग्रेस सहितको अब बन्ने सरकारमा नजाने भएको छ।
आज दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बिच भएको वार्तामा ओलीले एमाले सरकारमा नजाने स्पष्ट पारेका हुन्।
छलफलमा एमालेले आफु नेतृत्वको सरकारमा काङ्ग्रेस सहभागी नभएकाले आफुहरु सरकारमा सम्भावना कम भएको बताएको प्रचण्डको निजि सचिवालयले जनाएको छ।
सरकारमा सहभागी नभए पनि राष्ट्रिय मुद्दाहरुमा सहमतिका साथ अगाडि बढ्न भने सहयोग गर्ने एमालेले बताएको छ।
प्रतिक्रिया दिनुहोस्