
१ बैशाख, झापा – पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नि कोमल शाहको काठमाडाैँ आउने पास खारेज भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको सवारी पास बिहीबार केही घण्टामै खारेज भएको हो ।
पूर्व राजा शाहका प्रतिनिधिले बिहीबार लिएको सवारी पास जिल्ला प्रशासन कार्यालयले केही छिनै खारेज गरेको बताइएको छ । गृह मन्त्रालयको आदेशमा झापा जिल्ला प्रशासन कार्यालयले पूर्वराजारानीको सवारी पास रद्द गरेको हो।
जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख अधिकारी उदयबहादुर रानामगरले आँफुले पास जारी गरेपनि गृह मन्त्रालयको निर्देशन अनुसार खारेज भएको जानकारी दिएका छन् ।
पूर्व राजा र पूर्वरानी शुक्रबार राजधानी आउने कार्यक्रम थियो।
प्रतिक्रिया दिनुहोस्