Logo

विश्वकप हारेपछि आफूलाई अपराधी मान्थे युवराज सिंह



Spread the love


एजेन्सी ।
अन्तरराष्ट्रिय क्रिकेटमा अलराउण्डर युवराज सिंहले १७ वर्ष योगदान दिएका थिए । युवराज सिंहले अझै पनि सन् २०१४ को टी–ट्वान्टी वल्र्डकपको फाइनल सम्झिन्छन् । युवराजले आफूलाई आफ्नो करिअर सकिएको अनि अपराधी भएको महसुस गर्दथे ।

युवराज सिंहले सन् २०१४ को टी–ट्वान्टी वल्र्ड कपको फाइनलमा श्रींलकाको विरुद्ध २१ बलमा ११ रनको पारी खेलेका थिए । जसकारणले गर्दा भारतीय टिमको हातबाट दोस्रो टी–ट्वान्टी विश्वकप हातबाट फुस्किएको थियो । युवराजको खेलको निकै आलोचना भएको थियो ।

युवराजले भने, “म त्यो खेलको पुरै जिम्मेवारी लिन्छु । म त्यो खेलमा राम्रो खेल्न सकिंन । दुर्भाग्य त्यो विश्वकपको फाइनल थियो । यदि उक्त खेल अरु प्रतियोगिता हुन्थ्यो भने मलाइ त्यति भारी हुँदैनथ्यो । ”

“एयरपोर्टबाट बाहिर निस्केपछि मिडियाहरुले मलाइ घेरे अनि उनीहरु ममाथि चिच्याउन थाले । मेरो घरमा ढुंगा पनि फालियो । मलाइ आग्यो कि कुनै अपराधी हुँ । त्यो घटना अझै पनि मलाइ याद छ ।” युवराजले थपे ।

उक्त फाइनलमा युवराजले २१ बलमा ११ रन बनाएका थिए र भारतीय टिमले २० ओभरमा ४ विकेट गुमाउँदै १३० रन बनाएको थियो । श्रीलंकाले भारतमाथि ६ विकेटले विजय हासिल गरी टी–ट्वान्टी विश्वकपको ट्रफी उचालेको थियो । यो सबको जिम्मेदार युवराज सिंहलाई मानिएको थियो ।

युवराज सिंहले सन् २००० मा पहिला वान डे म्याच, २००३ मा पहिला टेस्ट र २००७ मा पहिलो टी–ट्वान्टी खेलेका थिए । सन् १९८१ मा जन्मिएका युवराज सिंहले भारतको लागि ४० टेस्ट, ३०४ वान डे र ५८ टी–ट्वान्टी म्याच खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्