Logo

काठमाडाैँमा कोरोना संक्रमित थपिए, जम्मा संख्या २४५ पुग्यो



Spread the love

१ जेठ, काठमाडाैँ – नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार थप २ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएक जानकारी अनुसार काठमाडाैँ तथा कपिलवस्तुमा १–१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय महिलालाई संक्रमण देखिएको छ ।

बिहीबार थपिएका कोरोना संक्रमित सहित नेपालमा जम्मा संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्