कार्तिक २९, शिला अर्याल । बुटवल सम्वादादाता ।
CSIT अध्यायनरत बिद्यार्थीका मागको सुनुवाई ,समस्याको समाधान र उनीहरुको भबिस्यमा सत्मार्ग खोज्ने उदेश्यसहित CSIT Association of Nepal को साखाका रुपमा केही समय अगाडि CSIT Association of Nepal-Butwal को स्थापना भयो ।
हाल बुटवलमा जम्मा तीन कलेजहरु बुटवल बहुमुखी क्याम्पस,नेपथ्य कलेज,र तिनाउ प्राविधिक कलेजमा मात्र Bsc CSIT अध्यापन हुने गर्छ । यही सन्काय अध्यायनरत बिधार्थीहरुबिच एकआपसमा ज्ञान हस्तान्तरन, बिधार्थीमा लुकेर रहेका प्रतिभाको प्रस्फूटन अनि यस क्षेत्रमा रहेका सुनौला अवसरहरुसित सबै बिधार्थीहरु परिचित सबै भइ अघि बढ्ने सोचका साथ यि तिनै कलेजका Bsc CSIT अध्यायनरत बिद्यार्थीहरु मिली यस सस्थाको स्थापना गर्न वान्छनिय ठानी एक कुशल कार्यसमितिको गठन गरियो । यस सस्थाले आफ्नो पहिलो अैपचारिक कार्यक्रम “IT Seminar And Project Demonstration” यही आगामी शनिबार (मिती २०७४/८/२)बुटवलमा “रुपन्देही ब्यापार सघ ” को हल मा गर्दै छ । जुन कार्यक्रममा CSIT Association of Nepal , CSIT Association of Nepal-Chitwan आदी सस्थाहरुबाट विशिस्ट प्रतिनिधिहरुको बिशेष उपस्थिति रहने छ ।
यसै गरी सहि दिनको कार्यक्रममा Bsc CSIT अध्यायनरत बिद्यार्थीहरुबाट बनाइएका प्रोजेक्टहरुको प्रस्तुतीकरण गर्ने तथा विभिन्न आइटी कलेज अनि आइटी कम्पनीहरुले तिता मिठा अनुभव सहित बिद्यार्थीहरुलाई केहि नया काम गर्ने प्रेरणा र हौसला अनि उनीहरुको प्रतिभालाइ कसरि उजागर गराउने भन्ने कार्यक्रम पनि रहेकॊ छ ।
सल्लेरी खबरकि बुटवल सम्वादादाता शिला अर्याल भन्नुहुन्छ, “सो दिनको कार्यक्रममा CSIT अध्यायनरत जुन सेमेस्रटका बिद्यार्थीहरुलाई पनि लाभदायी रहने छ. विभिन्न बिज्ञहरुका प्रेरणादायी सन्देश अनि उहाहरुले दिएको प्रविधिको पथपर्दशन बाट आफ्नो भबिस्यको पहिचान गर्न सकिने सो दिनको कार्यक्रममा तपाइको अमुल्य उपस्थितिले तपाइँकै जिवन परिबर्तन गरिदिन सक्छ ।” CSIT Association of Nepal-Butwal ले सम्पूर्ण IT विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको लाभ लिनुहुन सादर निमत्रणा गरेको छ ।