Logo

गुल्मीमा शक्ति र सत्ताको आडमा अवैध धन्दा, स्थानीय सरकारको मुख बन्द



Spread the love

डि. बी. खड्का, सुमन महतारा
२९ बैशाख, गुल्मी । शक्ति र सत्ता आफ्नो हातमा भए पछि जसो गर्ने पनि मिल्दो रहेछ भन्ने उदाहरण गुल्मीमा भेटिएको छ ।

जिल्लाको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिका वडा नम्बर पाँच छापहिलेका भीम विष्टले आफूलाई थाहा नभएको र जनप्रतिनिधिले आफूलाई कानुन नबुझाइएको भन्दै अवैध रूपमा बालुवा उत्खनन गरिरहेका छन् ।

स्थानीय खानेपानी योजनाको कामको लागी मालिका गाउँपालिका वडा नम्बर पाँच र वडा नम्बर दुईको बिचमा रहेको निस्ती खोलाबाट रातदिन ट्रयाक्टरका ट्रयाक्टर बालुवा ढुवानी गर्दा समेत वडा सरकार मौन छ भने गाँउसरकार समक्ष कुरा राख्न समेत सकिरहेको छैन ।

घटनाको पुरा विवरण ।

मालिका गाउँपालिका वडा नम्बर पाँच छापहिले भौगोलिक रूपमा पछाडि परेको वडा हो ।
साविकको छापहिले गाविस वडा नम्बर नौका भीम विष्ट नेकपाका कार्यकर्ता हुन् भने सुआहारा नामक प्रोक्जेटमा काम गर्छन् । आफू जागिरे भएका कारण खानेपानी उपभोक्ता समितिको अध्यक्षमा आफ्नी श्रीमती इश्वरा बिष्टलाई उपभोक्ता समितिको अध्यक्ष बनाई काम अगाडी बढाइएको बुझिएको छ ।
स्थानीय जनताले दिएको गोप्य सूचनाका आधारमा हामी स्थलगत रिपोर्टिङको लागी त्यस ठाउँमा पुग्दा उनी सहित गाउँका अन्य युवाहरूले निस्ती खोलामा बालुवा लोड गरिरहेका थिए ।
बालुवा उत्खननको लागी के कस्ता प्रक्रिया पुर्‍याउनु भएको छ भन्दा उनले बडो मज्जाले भने ‘हाम्रो गाउँपालिकामा यस्ता केही नियम छैन । मैले त सधैँ यसरी नै बोकी रहन्छु जनप्रतिनिधिले राम्रो गर्नु भएको छ भन्नुहुन्छ । बालुवा उत्खननको लागी केही नियम चाहिँदैन, चाहिने भए त मलाई जनप्रतिनिधिले भन्नुहुन्थ्यो होला ।’

केही दिन पहिला डोजर समेत प्रयोग गरिरेर उत्खनन गरिएको थियो भन्ने प्रश्नमा उनले भने ‘बालुवाको लागी डोजर ल्याइएको हैन, तर डोजर मौकामा भेट्टिदा १०, १२ ट्रयाक्टर जति उत्खनन गरिएको हो ।’

यता वडा अध्यक्ष श्यामलाल गिरीले भने उनको बचाउ गरेका छन् । स्थानीय विकासको लागी भनेर आफूहरू लचिलो भएको बताउँछन् । केही कर भने लगाउन सकिने उनको भनाई थियो ।

यता गाउँपालिका अध्यक्ष रित बहादुर थापाले भने ‘मैले तपाइहरूको माध्यमबाट बल्ल थाहा पाए, अब कारबाही गर्छु ।’

सबैको आ-आफ्नो दाबी, लाज पचेको वडा सरकार ।

पर्यावरण र स्थानीय सरकारको राजस्वसँग जोडिएको गहन विषयमा स्थानीय सरकार उदासीन हुनु निकै दुखद विषय हो । जनशक्ति अभाव भन्दै यस्तो गम्भीर विषयमा चासो नदेखाउनु लज्जास्पद कुरा हो ।
सल्लेरी खबरले दुई दिनसम्म बसेर गरेको अध्ययनले वडा अध्यक्षको अवैध धन्दामा ठुलो हात रहेको रहस्य पत्ता लगाएको छ ।

एक अवैध बालुवा उत्खनन कार्यलाई रोक्न नसक्नु र आफू भन्दा माथिल्लो निकायलाई खबर गर्नुको सट्टा लचिलो बन्छौँ भन्ने विषयले वडा अध्यक्षको नियत प्रस्ट पार्छ । मालिका गाँउपालिकाको नियम अनुसार प्रति टाक्टर बालुवाको पाँच सय कर तिर्नु पर्छ ।
यसरी सयौँ टाक्टर बालुवा ओसार्न र कर छली गरी बेचेको पैसा सबैले मिलीजुली खाने त होइन ?

यता सल्लेरी खबरले जानकारी गराएपछि मात्रै थाहा पाएको गाँउपालिकाले के कारबाही गर्ला, त्यो भने हेर्न बाकी छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्