Logo

पूर्व खेलाडी रन्जित काेराेना संक्रमित



Spread the love

काठमाडौं । पूर्व राष्ट्रिय फुटबल टोलीका खेलाडी रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । रोजगारको सिलसिलामा दुबईमा रहेको श्रेष्ठले फेसबुकमा सेयर गरेको भिडियामा आफू कोरोनाबाट संक्रमित भएको जानकारी दिएका छन् ।

श्रेष्ठले भिडियोमा भने, “म सेल्फ आइसोलेसनमा छु । मलाइ कोरोना पोजेटिभ देखिएको छ । तातोपानी खान्छु । सन्तुलित भोजन लिइरहेको छु । आत्तिनुपर्ने केही छैन । म संक्रमित भएको चार–पाँच दिन भयो । खोकी छैन, कहिलेकाहीँ सुख्खा खोकी लाग्छ । कोठामा बसेको छु । खाना खान्छु । ”

एन्फा एकेडेमीका तेस्रो ब्याचका खेलाडी रन्जितले सन् २००९ मा बंगलादेशमा सम्पन्न भएको साफ च्याम्पियन्ससिपमा नेपाली टोलीका विराज महर्जन, भरत खवाससँगै खेलेका थिए । उनी फ्रेण्डस् र एनआरटी क्लबबाट पनि व्यावसायिक फुटबल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्