Logo

कोरोनाभाइरसको सन्त्रास भुलाउन दैनिक एउटा टाटु शरीरमा



Spread the love

एजेन्सी।यति विश्व नै कोरोना भाइरसको महामारीसंग जुधिरहेको छ । त्यसैबीच विभिन्न मुलुकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लगाएको छ । यहि तनावलाई भुलाउन बेलायतको वाथेम्स्टोमा बस्ने क्रिस उडहेड नामका एकजना पुरुषले आफ्नो शरीरमा दैनिक एउटा टाटु खोपिरहेका छन् ।

टाटु आर्टिस्टको रूपमा रहेका उडहेडको शरीरमा यत्रतत्र टाटुले भरिएको छ र शरीरको भागमध्ये केवल अनुहार मात्र खाली छ । लकडाउनको बेला समय कटाउन र तनाव हटाउनका लागि उनले दैनिक एउटा टाटु बनाउन सुरु गरेका थिए ।

यद्यपि टाटुप्रति उनको लगाव पहिलेदेखि नै थियो । उनले बनाएका हरेक टाटुहरु अर्थपूर्ण छन् ।

प्रतिक्रिया दिनुहोस्