Logo

ओलम्पिक खेलको मिति अगाडि नसर्ने



Spread the love


एजेन्सी ।
इन्टरनेसनल ओलम्पिक कमिटीका एक वरिष्ठ अधिकारीले टोकियो ओलम्पिक पुन सारिने कुनै योजना नभएको बताउएका छन् । नयाँ मिति अनुसार ओलम्पिक २३ जुलाइदेखि ८ अगस्टसम्म हुनेछ ।

जोन कोएट्सले भने, ‘ओलम्पिक खेलको मिति सार्ने बारेमा हामीसँग कुनै योजना छैन । २३ जुलाइबाट नै खेल सुरु हुनेछ ।’

कोरोना भाइरसको महामारीको कारण टोकियो २०२० एक वर्षको लागि स्थगित भएको थियो । आईओसीका जोन कोएट्सले यस पटक ओलम्पिक खेल ऐतिहासिक हुने बताएका छन् । ओलम्पिक आयोजना समितिका प्रमुख योशिरो मोरीले पनि टोकियो २०२० को मितिमा कुनै परिवर्तन नगरिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्