Logo

घरमा ढकमक्क फूल हुनुका यस्ता छन् फाइदाहरु !



Spread the love

घरमा फूल रोप्न सायदैलाई मन नपर्ला। ढकमक्क फूलहरू फुलेको देख्दा कसको मन नरमाउला र ? त्यसैले आफ्नो घरमा फूलबारी बनाउनुहोस् । यसले तपाईंको घरको साैन्दर्य मात्रै होइन । तपाईंमा सकारात्मक ऊर्जासमेत उत्पन्न गराउँदछ ।

झ्यालको आसपास, कौशी वा घरभित्रकै खुला स्थानमा पनि फूल रोप्न सकिन्छ । फूल रोप्नका लागि बार्दली, कौसी एवं छतको अभाव भएमा ह्यागिङ प्लान्टहरू रोप्न सकिन्छ । घरमा सकेसम्म सदावहार फूल रोप्नु राम्रो हुन्छ । जो बाह्रैमास हरियो देखियोस् । बाह्रैमास फुलिरहोस् । त्यस्ता प्रजातिका फूलहरू पनि हुन्छन् । घरमा फूल रोप्नुका फाइदाहरु
– फूल रोपेपछि त्यसको स्याहारसुसार गर्दा शरीरलाई सक्रिय बनाउँछ ।
– फूल रोप्ने, फूलाउने कुराले हामीमा उत्साह ल्याउँछ ।
– फूलले घरको सौन्दर्य बढाउँछ । घरमा आउने पाहुनाहरूलाई प्रभाव पर्छ ।
– भान्साबाट निस्कने जैविक फोहोरमैलालाई फूलका लागि मलको रुपमा व्यवस्थापन गर्न सकिन्छ ।
– फूलको स्याहारसुसार गरेर मनलाई शान्त बनाउन सकिन्छ यदि तपाईं तनावमा हुनुहुन्छ भने ।

प्रतिक्रिया दिनुहोस्