Logo

राम लीलालाई लिएर कपी राइटमा फंसे संजय लीला भंसाली, इरोसले दियो चेतावनी



Spread the love


एजेन्सी । हिन्दी कथानक चलचित्र राम लीलालाई लिएर कपी राइटको झमेलामा प्रस्तुत चलचित्रका निर्देशक संजन लीला भंसाली फसेका छन् ।

गएको केही दिनअगि बम्बइको उच्च अदालतले इरोस इन्टरनेसनल मिडिया लिमिटेडलाई चलचित्रको अधिकारको विषयमा भएको जुन विवाद छ उक्त मामिलामा संजय लीला भंसालीको प्रोडक्सनलाई १९.३९ लाख रुपैयाँ दिनको लागि निर्देशन गरेको थियो ।

इरोसले आफ्नो आधिकारिक बयानमा संजय लीला भंसालीको कम्पनीविरुद्ध चाँडै कानूनी कारबाही गर्ने दाबी गरेको छ । कम्पनीका एक प्रवत्ताले अदालतले हाम्रो पक्षमा मामिला टुङ्ग्याएको छ । इरोस सधैं सबैभन्दा उत्कृष्ट कर्पोरेट प्राथमिकताको लागि चिनिएको छ । हामीले सम्झौता अनुसार चेक दिइसकेका छौँ । अब हामीले संजयको विरुद्ध कारबाही गर्नेछौँ भनी बताएका छन् ।

एक रिपोर्ट अनुसार संजय लीलाले राम लीला चलचित्रका सह–निर्माता थिए । यस्तो अवस्थामा कुनै कम्पनीले चलचित्रमा आफ्नो अधिकार जनाउन सक्दैन । यो दाबी गरिएको छ की इरोस र हलिउड एसटीएक्सबीच सम्झौता भ्रमपूर्ण र गलत हुँदा यो मामिला संजय लीला प्रोडक्सन कम्पनीका पक्षमा गएको हो

राम लीला संजय लीला भंसाली र इरोसले मिलेर बनाएका थिए । पछि कपी राइटलाई लिएर विवाद भएको हुनाले अदालत धाउनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्