Logo

लकडाउन छल्दै कारको डिक्कीमा लुकाएर आफ्नी गर्लफ्रेन्डको तस्करी गर्दै



Spread the love

एजेन्सी । विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि लगाएको लकडाउन छल्दै आफ्नी गर्लफ्रेन्डलाई कारको डिक्कीमा लुकाएर एक प्रान्तबाट अर्को प्रान्तमा लादै गर्दा दक्षिण अफ्रिकामा एकजना युवक पक्राउ परेका छन् । साथै कारको डिक्कीमा लुकेर तस्करीमा पर्न राजी हुने ती युवतीलाई पनि प्रहरीले पक्राउ गरेको बताइएको छ ।

दक्षिण अफ्रिकी सञ्चार माध्यमका अनुसार ती युवकले आफ्नी प्रेमिकालाई कारको डिक्कीमा लुकाएर गाउटेंग प्रान्तबाट पुमालांगा प्रान्त लैजाँदै गरेका थिए । कारभित्र चेकजाँच हुँदा डिक्कीमा लुकाएर लैजाँदै गरेकी युवती फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्