Logo

यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमिले अरुलाई पीडा दिन सक्दैनौं – भगवान बुद्ध



Spread the love

भगवान बुद्ध पूजनीय छन् । उनी यस्तो दिव्य आत्मा थिए, जसलाई भगवानको सम्मान मिल्यो । वैशाख पूर्णिमाको दिन नै भगवान् बुद्धको जन्म भएको थियो । त्यति मात्र होइन, कति वर्षसम्म जंगलमा गई तपस्या गरेपछि वैशाख पूर्णिमाको दिन नै भगवान बुद्धलाई बोधिवृक्षको मुनि सत्य ज्ञान प्राप्त भएको थियो । यस प्रकार छन् गौतम बुद्धका अनमोल बचन:

कुनै जंगली जनावरसग भन्दा एक कपटी र दुष्ट मित्रसग डराउनु पर्छ, किनभने जनावरले तिम्रो शरीरलाई मात्र हानी पुर्याउछ, तर एक खराब मित्रले तपाईंको मस्तिष्कलाई सम्म हानी पुर्याउछ ।
-शान्ति आफैभित्र हुन्छ । यसलाई बाहिर नखोज ।
-आफ्नै तर्क र विवेकले स्वीकार नगरेसम्म पढेको वा सुनेको कुरामा बिश्वास नगर ।
– यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमिले अरुलाई पीडा दिन सक्दैनौं ।
– हामी जे सोच्छौ उहीँ बन्छौ ।
-बितेको समय र आउने समयको चिन्ता नगर, बर्तमान क्षणमाथी नै मनलाई एकाग्र गर ।
– हामी आफ्नो रिसका लागी होइन, रिसद्वारा दण्डित हुन्छौं ।
-हजारौं युद्धहरु जित्नुभन्दा महत्त्वपूर्ण कुरा हो, आफैलाई जित्नु ।
-आफ्नो उद्दारको लागी स्वयंमा निर्भर रहनुपर्छ, अन्यमा होइन ।
– स्वास्थ्य सबैभन्दा महान उपहार हो, सन्तोष सबैभन्दा ठुलो धन र बिश्वासनियता सबैभन्दा उत्तम सम्बन्ध हो ।
– बिगतमा ध्यान नदेउ, भबिस्यको सपनाहरू नदेख, बर्तमानमा ध्यान लगाउ ।
– तिम्रो साथमा जे छ त्यसलाई बढाइचढाइ नबताउ, न त अरुको इष्या नै गर ।
-जसले पचासौं जनासग प्रेम गर्छ उसको पचास संकट हुन्छ । जो कसैसँग प्रेम गर्दैन उसको एक पनि संकट हुँदैन ।
-क्रोधलाई पाली राख्नु भनेको तातो कोइलालाई कसैमाथि फ्याक्ने नियतले पक्रेर राख्नु समान हो, यसमा तिमी पनि जल्ने छौ ।
– शंकागर्ने जस्तो नराम्रो बानी अरु केही हुदैन । शंकाले मनुष्यलाई अलग गरिदिन्छ । यो यस्तो बिष हो जसले मित्रतालाई खत्तम गरिदिन्छ र राम्रो सम्बन्धलाई टुटाउछ ।

प्रतिक्रिया दिनुहोस्