Logo

शाहरुख खानको वेब सिरिज बेतालको फर्स्ट लुक सार्वजनिक



Spread the love


एजेन्सी । वेब सिरिज बेतालको फर्स्ट लुक सार्वजनिक भएको छ । रेड चिल्लीज इन्टरटेनमेन्टद्वारा फर्स्ट लुक सार्वजनिक भएको हो ।

फस्ट लुकमा विनीतले क्यामेरामा हेरेको र उनका पछाडि उनको ग्रुप उभिएको देख्न सकिन्छ ।
सिरिज शाहरुख खानकै ब्यानर रेड चिल्लीज इन्टरटेनमेन्टमा बनेको हो । सिरिज थ्रिलर ड्रामा जनरामा बनेको छ ।

सिरिजमा विनीत कुमार, आहना कुम्रा, जितेन्द्र जोशी, सिद्धार्थ मेननलगायतका कलाकारहरुको अभिनय रहेको छ । सिरिजको छायांकन मुम्बइ, लोनाभाला, खण्डलामा गरिएको हो । सिरिजका निर्माता शाहरुख खान हुन् भने निर्देशक प्याट्रिक ग्राहम हुन् । सिरिज नेटफ्लिक्समा मे २४ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्