एजेन्सी । चलचित्र चल्नुमा विभिन्न कुराहरुले प्रभाव पारेको हुन्छ । कथा, प्लट, संवाद, साउण्ड, भीएफएक्स आदिले चलचित्रमा महत्वपूर्ण भूमिका खेलेका हुन्छ । प्रशस्त लगानी लगाउँदैमा र सुपरस्टारलाई कलाकार बनाउँदा चलचित्र चल्ने भन्ने हुँदैन । आउनुहोस् बलिउडमा ठुला बजेटका पाँच फ्लप चलचित्रको बारेमा छोटकरीमा चर्चा गरौँ ।
१. ठग्स अफ हिन्दुस्तान
पहिलो पटक बलिउडका मेगास्टार अमिर खान र अमिताभ बच्चन ठग्स अफ हिन्दुस्तानमा देखिएका थिए । तिहारमा रिलिज भएको चलचित्रले राम्रो कमाइ गर्ने आशा गरिएको थियो । सुरुको दिनमा प्रस्तुत चलचित्रले ५० करोडभन्दा बढी कमाइ गरेको थियो । तर बिस्तारै चलचित्रको बारेमा नकारात्मक समीक्षा हुन थाल्यो र राम्रो कमाइ गर्न सकेन । लामो समयपछि अमिर खानले पहिलो पटक बक्स अफिसमा फ्लप हुनपर्यो ।
२. जिरो
शाहरुख खान, अनुष्का शर्मा र कैटरिना कैफ अभिनित चलचित्र जिरोले राम्रो कमाइ गर्ने सबैले सोंचेको थिए । धेरैको शाहरुख खानको चुनौतीपूर्ण क्यारेक्टरलाई ध्यानमा राखी राम्रो छाप पार्ने आशा थियो । भीएफएक्सको राम्रो प्रस्तुतीले पनि चलचित्रलाई बचाउन सकेन ।
३.कलंक
कलंकमा बरुण धवन, आदित्य रोय कपुर, आलिया भाट, सन्जय दत्त, सोनाक्षी सिन्हा र माधुरी दिक्षीतजस्ता सुपरस्टारको अभिनय रहेको छ । ट्रेलर र गीतले राम्रो छाप पार्नुका साथै ओपनिङ्गमा पनि राम्रै कमाइ गरेको थियो । तर, पछि नकारात्मक समीक्षाले १५० करोड बजेटको चलचित्रलाई डुबाइछाड्यो । प्रस्तुत चलचित्र बरुण धवनको करिअरको पहिलो फ्लप चलचित्र हो ।
४. बम्बइ भेल्भेट
अनुराग कश्यपको निर्देशनमा बनेको चलचित्र बम्बइ भेल्भेटमा अनुष्का शर्मा, रणवीर कपुर र करण जोहरको अभिनय रहेको छ । प्रस्तुत चलचित्र १२५ करोड भारुमा बनेको थियो । तर चलचित्र प्लटमा खेर जाँदा कमाइ गर्न सकेन । प्रस्तुत चलचित्र अनुरागको महत्वाकांक्षी प्रोजेक्ट थियो ।
५. काइट्स
अनुराग बासुको निर्देशनमा बनेको चलचित्र काइट्समा हृतिक रोशनसँग मेक्सिन अभिनेत्री बार्बरा मोरी स्क्रिनमा देखिएकी थिइन् । १२५ करोडको बजेटमा बनेको चलचित्र ड्रिम प्रोजेक्टको रुपमा मानिएको थियो । तर चलचित्रले सोंचेजस्तो कमाल देखाउन सकेन ।