Logo

एउटा निर्देशकले मलाइ हतियार देखाउन लगाए– आयुष्मान खुराना



Spread the love


एजेन्सी । आयुष्मान खुराना बलिउडका प्रतिभाशाली कलाकारहरुमध्येका एक हुन् । उनलाई चलचित्रको फरक धारलाई अगाडि बढाउने कलाकार भन्दापनि फरक पर्दैन । रेडियोकर्मी, टिभीकर्मी हुँदै बलिउडमा पुगेको उनको यात्रा निकै प्रेरणाले भरिएको छ । तर उनले बलिउडमा सङ्घर्ष गर्ने क्रममा विभिन्न किसिमका समस्याहरुलाई भोगे ।

खुरानाले पिंकभिल्लासँग कुराकानी गर्ने क्रममा उनले बलिउडमा सङ्घर्ष गर्ने क्रममा भोगेको समस्याहरु बारेमा बताएका छन् । उनले भने,“ मलाइ एक निर्देशकले यदि तिमीले आफ्नो हतियार देखायौ भने चलचित्रको लागि काम गर्ने अवशर दिनेछु भनेका थिए । मैले उनको प्रस्तावलाई अस्वीकार गरेँ ।”

खुरानाले बलिउडमा यात्रा गर्दा धेरै रिजेक्ट भएको बारेमा पनि खुलाएका छन् । “सोलो टेस्टको लागि विभिन्न अडिसनहरु हुन्थे । अनि बिस्तारै कोठाहरु मानिसले भरिन थाल्थ्यो । जब मैले बिरोध गर्थेँ तब उनीहरुले मलाइ छाडेर जान भन्थे । यसरी म रिजेक्ट हुन्थेँ । म धेरैपल्ट रिजेक्ट भएँ जसकारणले गर्दा अहिले म आफ्नो करिअरको सुरुवात दमदारले गरिरहेको छु ।” खुरानाले बताए ।

आयुष्मान खुरानाले सन् २०१२ मा रिलिज भएको बिक्की डोनर चलचित्रबाट बलिउडमा डेब्यू गरेका थिए । उनले बाला, अन्धाधुन, आर्टिकल–१५ जस्ता सुपरहिट चलचित्रमा काम गरिसकेका छन् । बलिउडमा टेकेको आठ वर्षमै आफूलाई स्थापित गरिसकेका छन् । उनले छुट्टै धारको चलचित्रमा काम गर्न रुचाउँछन् । अब भने उनी एक्सन चलचित्रमा काम गर्न चाहेको एक अन्तर्वार्ताको क्रममा भनेका थिए । अब उनलाई एक्सन हिरोको रुपमा पनि देख्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्