Logo

आँफुलाई विद्यार्थी नेता ठान्ने नै क्वारेन्टाइमा बस्न मानेनन्, फर्किए काठमाडौँ



Spread the love

२३ बैशाख, गुल्मी गुल्मीको इस्मा गाँउपालिकाले गाँउपालिकाको नियम मिच्न खोज्ने एक युवालाई गाँउपालिका प्रवेशमा रोक लगाएको छ । गाउँपालिकाले क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियमप्रति असन्तुष्टि जनाउँने एक जना युवालाई प्रवेशमा रोक लगाएको हो ।

काठमाडौँबाट नेकपाका नेता तथा मन्त्रीको पहलमा गाँउ छिरेका २३ जना मध्ये नेकपाका विद्यार्थी नेता भनिने इस्मा गाँउपलिकाका वडा नम्बर २ का बलराम बेलबासे क्वारेन्टाइमा बस्न नमानेपछि गाँउपालिका प्रवेशमा रोक लगाईएको इस्मा गाँउपालिकाकी उपाध्यक्ष बिमला खत्रीले सल्लेरी खबरलाई बताएकी छन् ।

आज गाँउपालिका प्रवेश गरेका अन्य ९ जना महिला र १४ जना पुरुषलाई गाँउपालिकाले विभिन्न विद्यालयमा बनाएको क्वारेन्टाइनमा राखिएको उपाध्यक्ष खत्रिले उल्लेख गरिन् । तर, उनीहरूकै समूहमा रहेका विद्यार्थी नेता अटेरी गरि फर्कीएको पनि उनले बताइन् ।


मंगलबार सल्लेरी खबरसँग उपाध्यक्ष खत्रीले भनिन् “२३ जनाको टोली गाँउ प्रवेश गेरेको थियो। सबै क्वारेन्टाइनमा बस्न माने । तर, एक युवाले मात्र मानेन् । हामीले आँफैले गरेको निर्णयबाट पछि हट्दैनौँ । तपाँई इस्मामा आउने हो भने क्वारेन्टाइमा बस्नुस् नत्र फर्किनुस तपाँईलाई मात्र छुट हुँदैन ।”

इस्मा गाँउपालिकाले गाँउपालिका प्रवेश गर्न सबै क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । यद्यपि कुनै स्थानीयतहको क्वारेन्टाइनमा बसेको प्रमाण पत्र लिई आएमा छुट दिन सकिने व्यवस्था गरिएको छ ।


यता जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले पनि केही दिन अघिमात्रै जिल्ला बाहिरबाट आउने सबैलाई क्वारेन्टाइमा राख्ने निर्णय गरेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्