Logo

ऋषि कपुरको निधनपछि इन्टरनेटमा उनको खोजी बढ्यो



Spread the love


एजेन्सी । बलिउडका महान हस्ती ऋषि कपुरको निधनपछि इन्टरनेटमा उनको बारेमा खोजतलास बढेको छ ।

एक रिपोर्ट अनुसार उनको निधनपछि भारतमा ७ हजार प्रतिशतभन्दा धेरै उनको नाम इन्टरनेटमा खोजिएको थियो । विश्वव्यापी रुपमा भने ६,७०० प्रतिशतभन्दा बढी खोजी भएको थियो ।

ऋषि कपुरको निधनपछि उनलाई १४ हजारभन्दा धेरैले ट्वीटमार्फत् श्रद्धान्जलि दिएका थिए ।
ऋषि कपुरको निधन ३० अप्रिलमा ६७ वर्षको उमेरमा भएको थियो । उनी विगत दुई वर्षदेखि क्यान्सरविरुद्ध लडिरहेका थिए । उनको निधनले बलिउड स्तब्ध भएको छ ।

ऋषि कपुरले सन् १९७३ मा रिलिज भएको बबी चलचित्रबाट मूख्य भूमिकामा बलिउडको यात्रा सुरु गरेका थिए । तर यस अघि मेरा नाम जोकरमा उनले बाल कलाकारको रुपमा अभिनय गरिसकेका थिए । त्यो पनि आफ्नै पिता राज कपुरसँग । नेसनल फिल्म अवार्डमा उत्कृष्ट बाल कलाकारको रुपमा उनले मेरा नाम जोकरबाट अवार्ड जितेका थिए । उनले चलचित्रको करिअरमा ९२ वटा चलचित्रमा मूख्य भूमिकामा देखिएका छन् भने ३६ वटा हिट चलचित्रले बक्स अफिस तताएको थियो ।

प्रतिक्रिया दिनुहोस्