कार्तिक २४,काठमाडौं- शंकर भुजेल । नेपाल कराँते महासंघकाे अायाेजना र सम्झना ल्याबराेटरी प्रालिकाे प्रायाेजनमा कार्तिक २३ र २४ गते त्रिपुरेश्वरस्थित राखेप काे कभर्डहलमा सम्पन्न ५० अाै राष्ट्रिय कराते प्रतियोगिता (एन•एस•सि• कप) मा नेपाल प्रहरी टिम च्याम्पियन बनेकाे छ।
प्रतियोगितामा नेपाल प्रहरीले ८ स्वर्ण सहित प्रथम हुन सफल भएकाे छ साथै नेपाली अार्मीले ६ स्वर्ण र सशस्त्र प्रहरीबलले ४ स्वर्ण सहित क्रमश दाेस्राे र तेस्राे स्थान प्राप्त गरेका छन् । त्यस्तै उक्त प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडी नेपाल प्रहरीका ६० के• जि• ताैल समुहका रबिन्द्र कार्की भएका छन् भने उत्कृष्ट महिला खेलाडी नेपाल अार्मीकी कुसुम खड्काले हात पारीन। यस प्रतियोगिताका स्वर्ण पदक बिजेता खेलाडीहरू राष्ट्रिय टिमका लागि छनाेट हुने प्रतियोगिताका संयाेजक श्री दिपक श्रेष्ठले बताउनु भयाे ।