Logo

१५ शय्याको अस्पताल बन्दै जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र



Spread the love

२२ बैशाख, गुल्मी – गुल्मीको सत्यवती गाँउपालिका वडा नम्वर ५ मा रहेको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र १५ शय्याको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । १५ शय्याको सुविधा सम्पन्न अस्पताल बनाउनका लागि सम्पुर्ण तयारी पुरा भएको सत्यवती गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकालले सल्लेरी खबरलाई बताए ।


सबैभन्दा बढी चुनौतीको रुपमा रहेको जग्गाको विषयलाई समेत गाँउपालिकाले सहज ढंगले समाधान गरेको जनाएको छ । १५ शय्याको अस्पताल बनाउनको लागि ९ रोपनी जग्गा आश्यक पर्ने हुदाँ त्यस क्षेत्रका नागरिकहरुसँग जग्गा खरिद गरि प्रकिया अघि बढाइएको अध्यक्ष ढकालले उल्लेख गरे ।

सोमबार भैरहवा स्थित जनता आवासको कार्यालयले आवश्यक निरीक्षण गरेको थियो भने अस्पतालको निर्माणको लागि आवश्यक आधारभुत विषयहरु पुरा भएको जनाएको छ ।


१५ शय्याको अस्पताल निमार्ण भएसंगै विभिन्न सेवा सुविधामा वृद्धि हुनेछ । सत्यवती गाँउपालिकासँगैका छिमेकी स्थानीय तह रुरु गाँउपालिका, मुसिकोट नगरपालिका, चन्द्रकोट गाँउपालिका साथै छिमेकी जिल्लाका नागरिकले समेत प्रत्यक्ष स्वास्थ्य लाभ लिन पाउनेछन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्