Logo

चलचित्र उद्योगका बकवास वस्तुभन्दा निकै माथि थिए इर्फान– कंगना रनावत



Spread the love

एजेन्सी । बलिउडकी अभिनेत्री कंगना रनावतले इर्फान चलचित्र उद्योगका बकवास वस्तुभन्दा निकै माथि रहेको बताएकी छिन् ।

अभिनेता इर्फानको मृत्युले बलिउड शोकमा डुबेको छ । स्क्रिनमा होस् या स्क्रिनबाहिर इर्फानको व्यवहारबाट सबै मानिस प्रभावित थिए । कंगना रनावतले इर्फानसँग दुई फिल्ममा सँगै काम गरेकी थिइन् । ती फिल्म हुन्, लाइफ इन अ मेट्रो र नकआउट ।

कंगना रनावतले एक अन्तरर्वाताको क्रममा भनिन्, “इर्फानले कहिल्यै आफ्नो प्रतिभा, स्टारडमलाई कहिल्यै सिरियस्ली लिएनन् । उनले क्रिस्टोफर नोलानको फिल्मलाई रिजेक्ट गरेका थिए । यहीं कुरालाई लिएर हामीले उनलाई चिढाउँदा पनि उनलाई केही असर पर्दैनथ्यो । उनी शान्तिप्रिय मानिस थिए । ”

“इर्फान निकै वास्तविक थिए । उनी पहिलो दिनबाट नै चलचित्र उद्योगका बकवास वस्तुभन्दा निकै माथि थिए ।” रनावतले थपिन् ।

बलिउडका महान हस्ती इर्फानको ५४ वर्षको उमेरमा मुम्बइको एक अस्पतालमा निधन भएको थियो । उनले चन्द्रकान्ता, चाणक्य र भारत एक खोजजस्ता हिन्दी टेलिभिजन सोबाट आफ्नो करिअरको सुरुवात गरेका थिए । उनले मकबुल, तल्वार, पिकु, लाइफ इन अ मेट्रोजस्ता सुपरहिट चलचित्रमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्