एजेन्सी । बलिउडका कलाकारहरुले भरपुर मात्रामा कोरोना विरुद्धको लडाइँमा सहयोग गरिरहेका छन् । सलमान, शाहरुख र अक्षयले दिल खोलेर सहयोग गरेका छन् । यति मात्र नभई बलिउडका अन्य कलाकारहरुदेखि लिएर खेलाडीहरुले पनि आफूसक्दो दान गरेका छन् ।
गएको केही दिन अगाडि भिडियो र तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा आटाको थैलीमा पैसा राखिएको थियो । यो दाबी गरिएको थियो की उक्त आटाका थैली गरिबहरुलाई बाँड्नको लागि अमिर खानले पठाएका हुन् ।
उक्त आटाको थैलीबारे प्रतिक्रिया दिंदै अमिर खानले ट्विट गर्दै भनेका छन्, “साथीहरु ! म त्यो मानिस होइन जसले आटाको थैलीमा पैसा राखेको थियो । यो त झुट हो । अफवाह फैलाइएको हो । हुन सक्छ कोही रोबिनहुड जो जसले आफ्नो नाम खुलाउन चाहंदैन । सबैजना सुरक्षित बस्नुहोस्, सबैलाई धेरै माया ।”
खासमा कुरा के हाे ?
दिल्लीको एक ठाउँमा आटाको थैली लिएर गाडी आएको थियो । उक्त गाडीमा एक किलाको आटाको थैलीले भरिएको थियो । जसलाई आवश्यक पर्छ उसले मात्र एक किलो आटा लैजाउन पाउँथ्यो । राहत लिन धनी पनि आउने भएकाले यस्तो गरिएको थियो । जसको घरमा खानको लागि केही छैन उ भने त्यहीं एक किलोको आटाको थैली लिन अवश्य जान्थ्यो । उक्त एक किलोको आटाको थैलीमा भित्र पैसा पनि राखिएको थियो । उक्त आटाको थैली अमिर खानले बाँडेको भनी सामाजिक सञ्जालमा भाइरल भएको थियो ।