Logo

गुल्मीमा आरटिडी किटको अभाव, कोरोना परीक्षण कछुवा गतिमा



Spread the love


२१ बैशाख, गुल्मी – गुल्मीमा कोरोना भाइरसको परिक्षण सुस्त गतिमा भइरहेको छ ।
अहिलेसम्म गुल्मी जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइन तथा प्रहरी हिरासतमा रहेका १ सय ९ जनाको र्यापिड टेस्ट परिक्षण गरिएको जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी शर्माले सल्लेरी खबरलाई जानकारी दिए ।


रेसुङ्गा नगरपालिकाका दुइ जना, मुसिकोट नगरपालिकाका ११ जना, मालिका गाँउपालिकाका ४, मदाने गाँउपालिका १०, धुर्कोट गाँउपालिकाका १३ , गुल्मी दरवारका ११, रुरु क्षेत्र गाँउपालिकाका ४ , सत्यवतीका ११ , कालीगण्डकीका २ , चन्द्रकोट गाँउपालिकाका ९ , इस्मा गाँउपालिका २४ जना र प्रहरी हिरासतमा रहेका तथा अन्य ८ जना गरि १०९ जनाको स्वाब परिक्षण गरिएको छ ।

अहिले सम्म गरिएका स्वाव परिक्षणको स्वास्थ्य रिर्पोट नेगेटिभ आएता पनि गुल्मीमा स्वाब परिक्षणको काममा भने निकै ढिलासुस्ती भएको छ । करिब २ हजार जनाको स्वाब परिक्षण गर्नुपर्ने अवस्था रहेता पनि स्वाब परिक्षणको कामले तिव्रता पाउन सकेको छैन ।

यता जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीमा सम्पर्क राख्दा र्यापीड टेस्टको लागि आवश्यक आरडिटि, भिटिएमको अभावले ढिला भएको र प्रदेशमा माग गरिएको जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्