Logo

गुल्मीमा लाखौँ अनुदान कुम्लाउने सहकारीको मनपरि, युरिया र डिएपि मलमा कालोबजारी



Spread the love

२० बैशाख, गुल्मी । सरकारबाट लाखौँ अनुदान कुम्लाउने गुल्मीका केही सहकारी संस्थाले लकडाउनको मौका छोपी किसानहरूलाई ठग्ने गरेको पाइएको छ ।

सांकेतिक तस्बिर

विशेषत यो समयमा किसानलाई अति आवश्यक पर्न युरिया तथा डिएपी मलमा आफूखुसी मूल्य तोकेर आफूहरूलाई ठगी गरेको स्थानीय किसानले गुनासो गरेका छन् ।

गुल्मीका अधिकांश सहकारी संस्थाले भैरहवाको कृषि सामाग्री लिमिटेडबाट रासायनिक मल खरिद गर्न गर्छन् । भैरहवामा एक केजी युरिकाको मूल्य १४ रुपैयाँ पर्छ भने डिएपीको मूल्य ४३ रुपैयाँ पर्छ । कृषि सामाग्री लिमिटेडका गणेश घिमिरेले सल्लेरी खबरलाई भने “यहाँबाट कुनै व्यक्तिले मल खरिद गर्न पाउँदैन मात्र सहकारीले हो, सहकारीले आफ्नो ठाउँसम्मको लागत खर्च जोडेर केही नाफा राखेर बेच्ने गर्दछन् ”

प्रसङ्ग गुल्मीको

गुल्मीसम्मको भाडा दररेट २ रुपैयाँ २० पैसा देखि ४० पैसा सम्म रहेको उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले सल्लेरी खबरलाई बताए । तर, उद्योग वाणिज्य संघको भाडा रेट एकातिर छ भने रासायनिक मल बिक्री वितरणमा सहकारीको आफ्नै मनपरि छ ।

अहिले गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर छ चौरासीमा रहेको जनसेवा कृषि सहकारी सस्थाले युरिया प्रति केजी २५ रुपैयाँ र डिएपी ५४ रुपैयाँ प्रति केजीमा बिक्री वितरण गर्दै आएको छ ।
त्यस्तै धुर्कोट गाउँपालिकाको वडा नम्बर पाँचमा रहेको धुर्कोट वस्तु उपभोक्ता सहकारी संस्थाले पनि सोही मुल्यमै मल बिक्री वितरण गर्दै आएको छ । तर, सोही वडामा रहेको लोकतान्त्रिक कृषि सहकारी संस्थाले भने युरियामा १ रुपैयाँ कम गरेको छ भने डियपीमा दुई रुपैयाँ कम बिक्री वितरण गर्दै आएको छ ।
यता जिल्लाको रेसुङ्गा नगरपालिका तम्घास स्थित अमर कल्याण सहकारी सस्थाले २१ रुपैयाँ प्रति केजी युरिया र ५१ रुपैयाँ प्रति केजीमा डिएपी बिक्री वितरण गर्दै आएको छ ।

लागत अनुसार सहकारीलाई केही फाइदा राखेर रासायनिक मल बिक्री वितरण गर्नु स्वाभाविकै हो । सरदर हेर्न हो भने गुल्मीको धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिकालाई हेर्न हो भने भैरहवाबाट प्रतीकेजी ३ रुपैयाँ भन्दा कम ढुवानी खर्च आउँछ । ढुवानी खर्च जोडेर बिक्री वितरण गर्दा पनि वास्तविक मूल्य भन्दा धेरै आउने गर्दछ ।

सहकारीलाई सरकारबाट थुप्रै राहत प्रदान हुने गर्दछ भने भैरहवाबाट पनि मल खरिद खरिदको परिणाम अनुसार छुट हुने गर्दछ भने भैरहवाबाट खरिद गरिने मुल्यमानै नाफा जोडिएको हुन्छ । यति धेरै सेवा सुविधा हुदाँ हुदैँ पनि गरिब किसान यसरी ठग्नु दुखद कुरा हो ।

यसबारे जिल्ला कृषि ज्ञान केन्द्र गुल्मीमा सम्पर्क राख्दा आफूहरूले सबै सहकारी संस्थालाई भोलिसम्म मूल्य विवरण पेस गर्न निर्देशन दिएको कार्यालय प्रमुख बुद्धिराज घिमिरेले सल्लेरी खबरलाई बताए ।

अहिले गुल्मी जिल्लामा ७१ वटा भन्दा बढी सहकारी र ४१ वटा सुपथ मूल्य पसलले रासायनिक मल बिक्री वितरण बिक्री वितरण गर्दै आएका छन् ।

जिल्लाका अन्य सहकारी संस्थाको खरिद मूल्य सुची बारे सल्लेरी खबरले अनुसन्धान गरिरहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्