१९ वैशाख, गुल्मी गुल्मीको धुर्कोट गाउँपालिकाले नयाँ कार्यको थालनी गरेको छ । कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आएका श्रमिकहरु समस्या परेको भन्दै धुर्कोट गाउँपालिकाले राहतलाई त्यागेर निम्न वर्गका नागरिकहरुलाई रोजगार दिने भएको छ ।
कोरोना भाइरसका कारण निम्न वर्गहरु चरम समस्यामा परेका कारण सरकारले राहतको प्याकेज अघि लिएर राहत वितरण गरेको थियो .। सोही अनुसार धुर्कोट गाउँपालिकाले पनि पहिलो चरणमा ७ सय ७९ विपन्न परिवारलाई राहत प्रदान गरेको थियो । तर अब दोस्रो चरणमा राहत वितरण नगरेर विपन्न परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरिएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए ।
गाउँपालिका भित्र हुने सडक निर्माणका कार्य, खानेपानी, गोरेटो बाटो निर्माण तथा सिँचाइका काम उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले सल्लेरी खबरलाई बताए ।
सामाजिक दुरि कायम गरि पाँच पाँच जनाको समूह बनाई दैनिक पाँच सय रुपैयाँ ज्याला दिने गाउँपालिकाले निर्णय गरेको छ । राहत वितरण गर्नुभन्दा श्रमिकलाई रोजगार दिदा गाउँमा विकास पनि हुने र राहत वितरण गर्दा हुने झन्झन्टबाट पनि छुटकारा पाईने गाउँपालिकाको ठहर रहेको छ ।
पहिलो चरणमा राहत पाएका सदस् हरु मध्ये पाँच जना भन्दा बढी परिवारको संख्या हुनेले एक जनाले रोजगार पाउने र ८ जना भन्दा बढी परिवारका सदस्य रहेका २ जनाले रोजगार पाउने प्रमुख प्रशासकीय अधिकृत पन्थीले उल्लेख गरे ।
त्यस्तै असहाय, शारीरिक अशक्त, काम गर्न नसक्ने, वृद्ध वृदालाई भने राष्ट्रिय मापदण्ड अनुसार राहत वितरण गरिने अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिएका छन ।