Logo

गरिबीमा रुमलिएकी आमाले बच्चालाई फकाउन ढुङ्गा उमाल्न थालिन् !



Spread the love

एजेन्सि । महामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा केन्यामा एक महिला यति गरिब भईन कि उनले आफ्ना सन्तान लाई खाना पकाएको भन्दै फकाउनका लागि ढुङ्गा उमालेर नाटक गर्नु परेको थियो ।

अशिक्षित, विधवा र आठ सन्तानकी यी महिलाले मानिसहरुको कपडा धोएर आफ्नो र आफ्ना बालबच्चाको पेट पाल्थिन् तर कोरोना संक्रमण फैलिएपछि उनको काम ठप्प भयो ।

उनीसँग आफ्ना बच्चाका लागि खुवाउन केही पनि नहुँदा बच्चालाई फकाउनका लागि ढुङ्गा उमाल्न सुरु गरिन् । उनले सोचिन् कि आमाले केही पकाएको देखेर बच्चाहरु कुर्दाकुर्दै निदाउनेछन् ।

केन्यामा हालसम्म ३ सय ९५ संक्रमित भेटिएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्