Logo

इर्फानको निधनले निकै दुखी भएको छु– मनोज बाजपेयी



Spread the love


एजेन्सी । बलिउडका मेथोड एक्टर मनोज बाजपेयीले इर्फानको निधनले आफू निकै दुखी भएको बताएका छन् ।

मनोज बाजपेयीले इण्डो एसियन न्यूज सर्भिससँग कुरा गर्दै भने,“मलाइ थाहा छैन कि म कसरी प्रतिक्रिया दिउँ ? इर्फानको निधनले म निकै दुखी भएको छु । मभित्र केवल पीडाको अनुभूतिमात्र भएको छ । म आफूलाई निकै गह्रौँ र थाकेको महसुस गरेको छु ।”

हामी दुबैले एउटै खालको सङ्घर्ष भोगेका छौँ । मैले आफूसँगै हिँड्ने यात्री गुमाएको अनुभूति गरिराछु । यद्यपि उनी मेरा नजिकका साथी थिएनन् तर मलाइ यस्तो लागिरहेको छ कि उनको यात्रा मलाइ थाहा छ र मेरो उनलाई । हामीले एकले अर्कालाई टाढाबाट हेर्योँ तर एकले अर्कालाई व्यक्तिगत रुपमा जानेनौँ । उनले सिनेमामा दिएको योगदानलाई पछिसम्म सम्झिनेछ ।” मनोजले थपे ।

इर्फानले बुधबार ५४ वर्षको उमेरमा मुम्बइको धिरुभाइ अम्बानी अस्पतालमा प्राण त्यागेका थिए । उनको अन्तिम घडीमा उनको साथमा उनकी श्रीमती सुतपा र दुई छोरा बबिल र अयान थिए । उनको निधनले सारा बलिउड स्तब्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्