Logo

ऋषि कपुरको अन्तिम संस्कारमा रणवीर, आलिया लगायतका २० जनालाई अनुमति



Spread the love

एजेन्सी । बलिउडका अभिनेता ऋषि कपुरले बिहीवार मुम्बइको एक अस्पतालमा निधन भएको छ । उनी विगत दुई वर्षदेखि क्यान्सरविरुद्ध लडिरहेका थिए ।

सास फेर्न गाह्रो भएपछि उनलाई बुधबारको राति एचएन रिलायन्स फाउण्डेसन अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको अन्तिम संस्कारको तयारी भइरहेको छ । लकडाउनको कारणले गर्दा धेरै मानिस अन्तिम संस्कारमा सामेल हुन पाउने छैनन् । जानकारी अनुसार ऋषिको पार्थिव शरीर अस्पतालबाट सिधै आर्यघाटमा लगिनेछ ।

ऋषिको निधन नभएको खबर नपाउँदै अभिनेत्री आलिया भट्ट अस्पताल पुगेकी थिइन् । उनी राति पनि गएकी थिइन् । ऋषि कपुरकी छोरी रिद्धिमा दिल्लीबाट मुम्बइ आउँदैछिन् । उनी आएपछि अन्तिम संस्कार सुरु हुनेछ ।

लकडाउनको कारण उनको अन्तिम संस्कारमा जम्मा २० जना सामेल हुनेछन् । ऋषिको परिवारको तर्फबाट जारी भएको बयानमा मानिसलाई कानूनको पालना गर्नको लागि आग्रह गरिएको छ ।

अंकलको अन्तिम पटक मुख हेर्न अभिनेत्री करिना कपुर सैफ अली खान पनि पुगिसकेका छन् । यसका साथै अभिषेक बच्चन र कपुर परिवारका केही नजिकका नातेदार अस्पताल पुगिसकेका छन् । अस्पतालको अगाडि १०० मिटरसम्म सडक खाली गरिएको छ । कसैलाई पनि अस्पतालमा जान दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्