Logo

क्वारेन्टाइनको सवालमा अब्बल इस्मा गाउँपालिका



Spread the love

१६ बैशाख, गुल्मी – सिङ्गो मुलक यति बेला कोरोना भाइरस अर्थात कोभिड १९ का कारण त्रसित छ । केन्द्र, प्रदेश तथा स्थानीय सरकारहरु यति बेला कोरोना नियन्त्रणको लागि लागिपरेका छन् ।लक डाउन कार्यान्वयन गराउने, विपन्न परिवारलाई राहत वितरण गर्ने, क्वारेन्टाइन बेड तथा आइशोलेशन कक्ष निर्माण तिर सबैको ध्यानाकर्षण भइरहेको छ ।

त्यस्तै गुल्मीमा पनि स्थानीय तहले कोरोना विरूद्ध विभिन्न कार्यविधिहरु अगाडि बढाएका छन् ।

क्वारेन्टाइनको सवालमा जिल्लाको इस्मा गाउँपालिका अब्बल देखिएको छ । बाहिरबाट आएका सबै नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न इस्मा गाउँपालिका सफल देखिन्छ । इस्मा गाउँपालिकामा यो समाचार तयार पार्दासम्म ८ जना महिला ३१ जना पुरुष गरि ३९ जना नागरिकहरु १४ दिनसम्म क्वारेन्टाइनमा बसेर स्वास्थ्य परिक्षण गरि घर फर्किएका छन् । ताकी जिल्लामै केही समय पहिला सबैभन्दा धेरै क्वारेन्टाइनमा बसेको सङ्ख्या ८१ रहेको थियो ।

यो समाचार तयार पार्दासम्म गुल्मी जिल्लाका विभिन्न स्थानीय तहमा गरि ६७ जना नागरिकहरु क्वारेन्टाइनमा बसेका छन् भने इस्मा गाउँपालिका १४ जना रहेका छन् । अहिलेसम्म आएका सबै नागरिकलाई क्वारेन्टाइनमा राख्न सफल भएता पनि आगामी दिनमा चुनौती थपिन सक्ने इस्मा गाउँपालिकाका अध्यक्ष लक्षमण विष्टले सल्लेरी खबरलाई बताए ।

केन्द्र र प्रदेशले कुनै समन्वय नगरी मान्छे पठाउँदा असहज रहेको उनको भनाई छ । यता उपाध्यक्ष विमला खत्रीले आँफुहरु कोरोना नियन्त्रणको लागि लागि परेको बताएकी छन् ।

बाहिरबाट जति नागरिक आए पनि उनिहरुलाई होम क्वारेन्टाइन अथवा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राख्ने गरि गाउँपालिकाले काम गरिरहेको उनले बताईन् ।


मङ्गलबार उनले सल्लेरी खबरलाई भनिन् “इस्मा गाउँपालिका प्रवेश गर्ने कसैलाई पनि छुट छैन । सबै क्वारेन्टाइनमा अनिवार्य बस्नै पर्छ । हामी हामिले गरेको निर्णय तथा जिल्ला विपद व्यवस्थापन समिति गुल्मीले गरेको निर्णयको कार्यान्वयनको पक्षमा छौँ ।”

कोही पनि व्यक्ति स्थानीय तहको क्वारेन्टाइनमा बसेको खण्डमा त्यसको प्रमाणपत्र लिई आए मात्रै छुट् हुने उपाध्यक्ष खत्रीको भनाई रहेको छ । साथै त्यसरी आउँदा पनि सुरक्षित आउनु पर्ने इस्मा गाउँपालिकाले निर्णय गरेको छ ।

बाहिरबाट धेरै नागरिक भित्रिएमा होम क्वारेन्टाइनमा राख्ने र उक्त घरमा रातो झन्डा राखि नागरिकलाई सचेत गराउने इस्मा गाउँपालिकाको योजना रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्