Logo

लुँडोमा हारेपछि श्रीमानद्वारा श्रीमतीलाई लात्ती प्रहार, श्रीमती अस्पतालमा



Spread the love

एजेन्सी । अनलाइन लुँडोमा श्रीमानले हारेको रिसमा श्रीमतीमाथि उनले लात्ती प्रहार गरेका छन् । २૪ वर्षीय महिला अहिले अस्पतालमा उपचार गरिरहेकी छिन् । उनको मेरुदण्डमा असर परेको छ ।

सुन्दा अचम्म लागे पनि यो भारतको गुजरात प्रदेशको भाडोडरा सहरको यथार्थ घटना हो । परिवारको आर्थिक सहयोगको लागि ती महिलाले घरमा ट्युसन पढाउँथिन् । उनले आफ्नो श्रीमान समाजका अरुसँग कुरा गर्नुको साटो घरमै बसोस् भन्ने चाहन्थिन । उनले श्रीमानलाई लुँडो खेल्न भनिन् र श्रीमानले स्वीकार गरे तर उनले तीन चार पटक लगातार हारे ।

हारेपछि श्रीमानले श्रीमतीसँग झगडा गर्न थाले । झगडाले उग्र रुप लिएपछि श्रीमानले श्रीमतीमाथि लात बर्साए । प्राइभेट इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्ने श्रीमानले दुई जनाको लागि प्रशस्त पैसा कमाएका थिए तर उनीहरुलाई घरको लोन तिर्नु थियो । जसले गर्दा श्रीमतीले घरमा ट्युसन पढाउन थालेकी थिईन् । घाइते श्रीमतीले उपचारपश्चात् माइत गई बुवाआमासँग बस्ने बताएकी छिन् भने श्रीमानले भने गल्ती स्वीकार गरी माफी माग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्