Logo

भोकालाई खाना खुवाउनकै लागि बेचिदिए २५ लाखमा आफ्नो सम्पत्ति



Spread the love

एजेन्सी । लकडाउनमा भोकालाई खाना खुवाउनका लागि भारतको कर्नाटक राज्यको कोलारमा बस्ने दुई दाजुभाइ मुजम्मिल र तजम्मुलले २५ लाखमा आफ्नो सम्पत्ति बेचेका छन् ।

जब यी दाजुभाइलाई लकडाउनका कारण धेरैजसो गरिब भोकमरीसँग जुधिरहेको भन्ने महसुस भयो तब उनीहरुले आफ्नो जमिनको टुक्रा नै बेच्ने निर्णय लिए ।

यी दुई दाजुभाइले निकै सानो उमेरमा आफ्ना बुवालाई गुमाएका थिए । बुवाको मृत्यु हुँदा दाइ चार वर्षका थिए भने भाइ तीन वर्षका थिए । तर बुवा बितेको ४० दिनमात्रै भएको थियो, आमाको पनि निधन भयो ।

प्रतिक्रिया दिनुहोस्