Logo

थप एक जनामा कोरोना संक्रमण, जम्मा संख्या ५२ पुग्यो



Spread the love

१४ वैशाख, काठमाडाैँ – नेपालमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

कोशी अस्पताल विराटनगरमा भएको परिक्षण अनुसार नयाँ एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार झापाका ५० वर्षिय पुरूषमा कोरोना भाइरसको संक्रमण भएको हो ।

अहिलेसम्म नेपालमा जम्मा ५२ जनामा कोरोना संक्रमण भएको छ भने १६ जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्