Logo

अनलाइनमा आमाले बच्चा सुताउने कोर्स लिँदै गर्दा तीन महिने शिशुको मृत्यु



Spread the love

एजेन्सी। एउटा आमाले बच्चालाई घोप्टो परेर सुत्नका लागि कसरी तालिम दिने भनी अन्लाइन कोर्स लिँदै गर्दा चीनमा तीन महिने शिशुको ज्यान गएको छ ।

पहिलोपटक आमा बनेकी ती महिलाले अन्लाइनमा बच्चालाई घोप्टो पारेर सुताउँदा शान्त गर्न सकिने भनी दिएको सुझाव पालन गरिरहेकी थिइन् । बच्चा रोइरहेपनि समूहका अन्य सदस्यले उनलाई बच्चा त्यत्तिकै छोड्न भने तर त्यसले गर्दा बच्चाको सास थुनियो ।

उक्त शिशु स्याहार कम्पनी अनुुसन्धानको घेरामा रहेको र घटनापछि त्यो सञ्चालनमा नरहेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्