Logo

काठमाडौँमा अलपत्र आफ्ना गाउँका नागरिकलाई यी युवाले उद्धार गर्ने



Spread the love

१३ वैशाख, गुल्मी – गुल्मीका एक युवाले उदाहरणीय कार्य गरेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर एकका युवा तथा समाजसेवी सुशील चन्दले अलपत्र नागरिकहरुप्रति चासो देखाउँदै राहत तथा उद्धारमा लागेका छन् ।

मुलुकमा लकडाउन घोषणा भएसँगै आफ्नो गाउँ अग्लुङबाट अध्ययन तथा विभिन्न सिलसिलामा काठमाडौमा बसोबास गर्दै आएका नागरिक हरुलाई समस्या परे आफ्नो व्यक्तिगत सहयोगबाट राहत प्रदान गर्ने बताएका छन् ।

सरकारले लकडाउनमा एक ठाउँबाट अर्को ठाउँमा जान प्रतिबन्ध लगाएको अवस्थामा गुल्मीसम्म ल्याउन सम्भव नभए पनि राहत प्रदान गरि नागरिकहरुलाई सहयोग गर्ने व्यवस्था मिलाएको उनले बताए ।

शनिबार सल्लेरी खबरसँग कुराकानी गर्दै चन्दले भने, “राहत र उद्धारमा सरकार लागि परेको छ । तर पनि तपाईहरुका समस्या समाधान भएन भने म तपाईंलाई सहयोग गर्छु ।”


युवा समाजसेवी चन्द नेपाली काङ्ग्रेस मदाने गाउँपालिका वडा नम्बर एकका सभापति समेत हुन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्