Logo

ज्योति विकास बैङ्क कपुरकाेट शाखाले दियो ५० हजार बराबरको राहत



Spread the love

ज्योति विकास बैङ्क कपुरकाेट शाखाले विपन्न बर्गलाई राहत दिने उद्देश्यले कपुरकाेट गाउँपालिका मार्फत ५० हजार बराबरको राहत सामाग्री उपलब्ध गराएको छ ।

बैङ्कले चामल ७५० केजी, दाल ५० केजी, तेल ५० लिटर र नुन ५० प्याकेट कपुरकाेट गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उक्त राहत बुझेका छन् ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण सारा राष्ट्र नै लकडाउनको अवस्थामा भएको र यस्तो अवस्थामा देश भरका कलकारखाना , व्यापार सबै ठप्प भएको बेलामा दैनिक ज्याला मजदुरी गर्ने वर्गप्रति मध्यनजर गरी आफ्नो क्षेत्रबाट सक्दो राहत सामग्री प्रदान गरेको शाखा प्रबन्धक वीरेन्द्र बहादुर यडीले बताए ।

प्रतिक्रिया दिनुहोस्