Logo

दीर्घ रोगीको घरमै नि: शुल्क औषधि पुर्याउँदै सत्यवती गाउँपालिका



Spread the love

१२ वैशाख, गुल्मी – गुल्मीको सत्यवती गाउँपालिकाले दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि पुर्याएको छ ।
लकडाउनका कारण दीर्घ रोगका बिरामीहरु समस्यामा परेका कारण उनिहरुका लागि घरमै निः शुल्क औषधि पुर्याइएको सत्यवती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए ।

गाउँपालिका भित्र रहेका दीर्घ रोगी तथा निरन्तर औषधि सेवन गर्ने नागरिकहरुको तथ्याङ्क सङ्कलन गरि स्वास्थ्यकर्मीहरुको टोलिले प्रेस्कृप्स नका आधारमा छुट्टाछुट्टै पोका पारी घरघर मै औषधि उपलब्ध गराएका हुन् ।


मुटु रोग, श्वासप्रस्वास सम्बन्धि रोग,हाडजोर्नी ,थाइराड मधुमेह जस्ता विभिन्न रोगका ६ सय ९१ जनालाई १ सय २ प्रकारका औषधि नि शुल्क वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

लकडाउनका कारण औषधि खरिद गर्नबाट बञ्चित भएका बिरामीहरु घरमै औषधि नि :शुल्क पाउँदा हर्षित बनेका छन ।

लक डाउनका कारण सबैभन्दा बढी समस्या झेलेका दीर्घ रोगिका निम्ति जिल्ला प्रशासन कार्यलय गुल्मीले पनि चासो देखाएको छ ।

सबै स्थानीय तहलाई औषधि खरिद गर्न अनुरोध गरिएको र औषधि व्यवसायीलाई पनि गुल्मीमा औषधिको अभाव हुन नदिन निर्देशन दिएको प्रमुख जिल्ला अधिकार भरत शर्माले सल्लेरी खबरलाई बताए ।
यो समाचार तयार पार्दासम्म गुल्मीका अन्य स्थानीय तहले औषधि उपलब्ध गराएका छैनन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्