Logo

लकडाउनको समयमा मालिका गाउँपालिकाद्वारा घर घरमै भत्ता वितरण



Spread the love

११ वैशाख, गुल्मी – गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाले लकडाउनलाई छल्दै नागरिकहरुलाई घर घरमै भत्ता उपलब्ध गराएको छ । मालिका गाउँपालिका वडा नम्बर ८ ले बिहिबार जेष्ठ नागरिक , एकल महिला तथा अपाङ्गहरुलाई उनिहरुकै टोलमा पुगेर भत्ता वितरण गरेको वडा अध्यक्ष टीका जिसिले सल्लेरी खबरलाई बताए ।

शाइन डेभलपमेन्ट बैँक रेसुङ्गा शाखा सिमलटारिका प्रमुख भुवन श्रेष्ठ ,वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधि सहितको टोलिले सामाजिक दुरी कायम गरि ३ सय २५ जनालाई भत्ता प्रदान गरिएको बैंकका शाखा प्रमुख श्रेष्ठले सल्लेरी खबरलाई बताए ।

लकडाउनका कारण नागरिकहरु बैंकसम्म जाने अवस्था नरहेको र नागरिकहरुको सहजताका कारण टोलमै पुगेर भत्ता उपलब्ध गराएको बैंकका प्रबन्धक श्रेष्ठको भनाई छ ।

त्यस्तै यता वडा नम्बर ६ ले पनि टोलमै पुगेर भत्ता वितरण गरेको वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाकर गिरिले जानकारी दिएका छन् । अन्य वडामा पनि सोही तयारी भइरहेको प्रवक्ता गिरिले उल्लेख गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्