Logo

कोरोना भाइरस लामो समयसम्म रहने- डब्ल्यूएचओ



Spread the love

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध लडाइँ अहिल्यै नसकिएको भन्दै कोभिड-१९ लामो समयसम्म रहने बताएका छन् ।

WHO ने पहली बार जारी की ऐसी लिस्ट ...

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडहानमले पूर्वी यूरोप, अफ्रिका, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेको बताएका छन् । उनले तत्काल लकडाउ लगायतका उपायहरु हटाउँदा भाइरसको संक्रमण बढ्ने जनाएका छन् । डब्ल्यूएचओले जनवरी ३० मा कोभिड-१९ लाई स्वास्थ्य सङ्कट को रुपमा घोषणा गरेको थियो भने मार्च ११ मा भने कोरोनालाई महामारीको रुपमा घोषणा गरेको थियो ।

डाक्टर टेड्रोस एडहानमले भने, ‘हामीले केही पनि गल्ती नगरौँ । कोरोना भाइरस हामीसामु लामो समयसम्म रहनेछ । लकडाउन, सामाजिक दुरी लगायतका बचाउका उपायहरु अपनाउन नछाडौँ । तत्कालै शान्त हुने अवस्था छैन ।’ जोन होपकिङ्ग यूनिभर्सिटीका अनुसार विश्वभरि अहिले २६ लाखभन्दा धेरैमा यस भाइरसको सङ्क्रमण फैलिएको छ भने एक लाख ८३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्