Logo

ज्योति विकास बैङ्क तुलसीपुर शाखाले दियो ५० हजार बराबरको राहत



Spread the love

ज्योति विकास बैङ्क तुलसीपुर शाखाले विपन्न बर्गलाई राहत दिने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका मार्फत ५० हजार बराबरको राहत सामाग्री उपलब्ध गराएको छ ।

बैङ्कले चामल ८ सय केजी, दाल ५० केजी, तेल ५० लिटर र साबुन २ सय १६ पिस तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उक्त राहत बुझेका छन् ।

राहत दिँदै बैङ्क म्यानेजर डिल्ली केसीले भने ‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको हो, सबै विपन्न वर्गहरूमा राहत पुगोस्, भोकै कोही मर्न नपरोस्।’

राहत सामग्री बुझ्दै नगर प्रमुख घनश्याम पाण्डे ज्योति विकास बैंकलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्