एजेन्सी । लकडाउनले गर्दा दैनिक बिहान उठेर काम र कार्यालयमा जान हतार हुने मानिसहरुको रुटिनमा परीवर्तन आएको छ। व्यायामदेखि खानेकुरासम्म सबैमा फरक परेको छ। क्वारेन्टाइनमा रहँदा स्वास्थ्यमा झनै ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन्। सेल्फ क्वारेन्टाइनमा रहँदा के खाने, के नखाने, कति र कसरी खाने लगायत विषय तल उल्लेख गरिएको छ।
योजना बनाउनुहोस्: सामान खरिद गर्नुभन्दा पहिले घरमा आफुसँग कुन कुन सामान कति मात्रामा छ भनेर थाहा पाउनुपर्छ, त्यसपछि मात्र योजना बनाउनुपर्छ। आवश्यक भएको सामान मात्र खरिद गर्नुपर्छ।
ताजा उत्पादनलाई प्राथमिकता दिने: फलफूल, तरकारी, डेरीजन्य उत्पादन सधै ताजा खरिद गर्नुपर्छ। यदी फ्रोजन फलफूल र तरकारी भएपनि यसलाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ।
खानाको आकारमा सचेत रहनुपर्छ: खाना खाँदा हामीले खानको भागमा सधै सचेत रहनुपर्छ। एकै पटक धेरै खाने गर्नु हुँदैन। उमेर र आवश्यकता अनुसार मात्र खानुपर्छ।
नुनको सेवन कम गर्ने : नुनको अधिक सेवन स्वास्थ्यका निम्ति घातक हुन सक्छ। डब्लुएचओले प्रतिदिन पाँच ग्राम भन्दा पनि कम नुन सेवन गर्न सुझाव दिएको छ।
चिनीको सेवन कम गर्ने: नुनसँगै चिनीको सेवन पनि कम गर्नुपर्छ। यदी हामीलाई केही गुलियो खान मनपर्छ भने फलफूललाई सधै प्राथमिकतामा राख्नुपर्छ।
चिल्लोको प्रयोगलाई कम गर्ने: धेरै चिल्लो पदार्थ पनि शरीरको लागि राम्रो मानिदैन। खाना बनाउँदा सधै कम चिल्लो हुने गरी पकाउनुपर्छ। जस्तै, उमाल्ने, ग्रिल गर्ने अथवा सुख्खा तरिकाले फ्राई गर्ने।
पर्याप्त मात्रा पानी पिउने: पर्याप्त मात्रा पानी पिउनु अति आवश्यक छ। शरीरमा पानीको अभाव भए विभिन्न स्वास्थ्य समस्या आउन सक्छ। त्यसैले सफा पानी पर्याप्त मात्रा पिउनुपर्छ। फलफूलको मात्रालाई पनि बढाउन सकिन्छ। तर धेरै कफी, चिया र पेय पदार्थको प्रयोग भने गर्नु हुँदैन।
प्रतिक्रिया दिनुहोस्