Logo

साबधान ! बारम्बार हात अनुहारमा लैजाने बानी छ भने फैलन सक्छ कोरोना भाइरस



Spread the love

एजेन्सी । अन्जानमै मानिसले आफ्नो हात अनुहारमा लगिराखेको हुन्छ। यस्तो बानीले कोभिड-१९ जस्तो संक्रमणलाई फैलनमा मद्दत गरिरराखेको हुन्छ।

हामीमध्ये धेरै एकै दिनमा कयौं पटक आफ्नो अनुहार छुने गर्छौं। विश्व स्वास्थ्य संगठनसहित सामाजिक स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाले यो बानीलाई सबैभन्दा खतरनाक भनेका छन्।
यसबाट बच्न के गर्न सकिन्छ?
विज्ञानका विशेषज्ञ माइकल हलस्वर्थ यस्तो गर्नुहुँदैन भन्न सजिलो भए पनि असलीमा यसलाई व्यवहारमा लागू गर्न निकै मुश्किल हुने बताउँछन्। उनी अनुहार चिलाएर हातले छुनैपर्ने अवस्था आएमा उल्टो हातको प्रयोग गर्न सुझाउँछन् जसबाट जोखिम केही भए पनि कम हुन्छ।

प्रतिक्रिया दिनुहोस्